घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार


रामपुर, ७ जेठ (रासस) : पाल्पाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार अभियान शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर हुने कारणले घरमै पुगेर उपचार गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।

घरमै आएर गाउँपालिकाले स्वास्थ्य जाँच तथा उपचार गरेपछि गाउँपालिका–३ का लक्ष्मीप्रसाद तिमिल्सेनाले भन्नुभयो, “गाउँमै सिंहदरबार आउँछ भन्थे, हो रैछ, स्थानीय सरकारले यस्तो अभियान ल्याउलाजस्तो लागेको थिएन, गाउँपालिकाले छोराछोरीले झैँ उपचार गरिदियो ।” गाउँपालिकाभरिका करीब ३०० हाराहारीमा रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उपचार सेवा दिने गाउँपालिकाको योजना छ । गाउँपालिकाभरिका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई परिचालन गरेर परीक्षण गरिएको र आवश्यकताअनुसार औषधि वितरण गरिएको छ । ज्येष्ठ नागरिकलाई च्यवनप्राशसमेत वितरण गरिएको छ । पहिलो दिनमा वडा नं ३ का ७१ वृद्धवृद्धालाई उपचार सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले जानकारी दिनुभयो । छ स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणमा खटाएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई