नेकपा स्थायी कमिटीको बैठक पछी पुर्व मन्त्री गोकुल बास्कोटाको आयो कडा ट्विट


काठमाडौँ, २२ मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाले ट्विट गर्नुभएको छ ।

उहाले आज विहान ट्विट गर्दै युद्धमा शत्रुकाे भाैतिक सफाया जीतकाे प्रमाण हाे तर राजनीतिमा विजयकाे आधार खुल्ला प्रतिस्पर्धा।मित्रताकाे अंगालाेकाे ढाेंगमा ढाडमा चुप्पी राेपेर निकालिने जीत आफ्नै जीवनलाई लखेटीरहने आफ्नै पाइतालाका त्रासदीपूर्ण डाेबहरु मात्र।र,आम मानिसहरु सधै स्वतन्त्रताकाे लामाे यात्रा राेज्नछन भन्नुभएको छ।

आन्तरिक विवादका विषयमा छलफल गर्न हिजो बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकपछी बास्कोटाको कडा ट्विट त्रासदीपूर्ण डाेबहरुको सट्टा सधै स्वतन्त्रताकाे लामाे यात्रा जनताले रोज्ने उल्लेख गर्नु भएको छ ।

स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभई पार्टीलाई विभाजनका डिलमा पु¥याउने तयारीसहित बैठक राखिएकाले आफू बैठकमा सहभागी नभएको लिखितपत्र पठाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस