‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ : मन्त्री बास्कोटा


काठमाडौँ, २४ चैत-  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।    

सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज यहाँ आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचना प्रविधिमैत्री नेपाल(डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय रहेको बताउनुुभयो ।    

उहाँले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको चर्चा गर्दै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय विश्व सूचना प्रविधिको विकास र विस्तारमा चितुवाको गतिमा अगाडि बढेको छ, हामी पनि यही गतिमा कुद्न चाहन्छौ, यसका लागि सरकार यस क्षेत्रमा कार्यरत लगानीकर्ता, कम्पनीसँग साथ र सहयोग लिन चाहन्छ ।”    

हालै सम्पन्न लगानी सम्मेलनले सूचना प्रविधिको विकास र विस्तारमा जोड दिएको मन्त्री बाँस्कोटाले बताउनुभयो । मन्त्रालयले सूचना प्रविधिको पछिल्लो पुस्ता ‘फोर जी’ विस्तारमा उच्च प्राथमिकताका साथ काम अगाडि बढाइएको जानकारी दिँदै उहाँले फोर जी पछि फाइव जी कार्यान्वयनको तयारीमा सरकार लाग्ने उल्लेख गर्नुभयो ।  

  उहाँले सूचना प्रविधिका क्षेत्रमा थप लगानी आकर्षण गर्न, यस क्षेत्रमा रहेका नीतिगत झन्झट अन्त्य गर्न नयाँ सूचना प्रविधि ऐन ल्याउन लागिएको जानकारी गराउनुभयो । “समयमा काम सम्पन्न हुनुपर्छ, नेपाल डिजिटल इकोनोमियात्रामा छ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खुद्रा व्यापार, वन, सिँचाइ, ऊर्जालगायत हरेक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।    

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल फ्रेमवर्कलाई पाँचवर्षभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको उल्लेख गर्दै उहाँले सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।    

विश्वका १७० भन्दा बढी देशमा सूचना प्रविधिका क्षेत्रमा कार्यरत सो कम्पनीले नेपालमा सन् १९९९ देखि कार्यरत छ । कम्पनीले पछिल्लो समय सूचना प्रविधि, मोबाइलका क्षेत्रमा गरेका काम प्रदर्शनीमा रहेका छन् । सम्मेलन चार दिनसम्म रहने छ । नेपालस्थित हुवावे कम्पनीका कार्यकारी अधिकृत देनि देङले डिजिटल इकोनोमिमा जोड दिन आग्रह गर्दै कम्पनीका गतिविधिबारे जानकारी गराउनुभयो ।    


रासस     

प्रतिक्रिया दिनुहोस  
कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहको ८ न वडामा अग्रता

  काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ न वडामा अग्रता

२०७९ जेठ ६ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई