शेयर बजारमा चार अङ्कको बढत


धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४२ विन्दुले बढेर एक हजार ३१२.१४ अङ्कमा पुगेको छ । त्यसै गरि ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ ले वृद्धि भई २७९.९१ अङ्कमा पुगेको छ ।

नेप्से परिसूचक उकालो लागेसँगै कारोवार रकममा पनि वृद्धि भएको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको ३१ लाख दुई हजार २८४ कित्ता शेयर रु ८१ करोड ४४ लाख ५२ हजार २६७ मूल्यमा खरीद–बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयरको मूल्य ओरालो लागेको छ । उत्पादन ३३.३४, अन्य १.१६ र लघुवित्त ३.०५ अङ्कले घटेको छ । यस्तै बैंकिङ ०.०८, व्यापार २.७०, होटल २.५८, विकास बैंक २.४४, जलविद्युत् ६४.६०, वित्त १०.५१, निर्जीवन बीमा २८.०६, जीवन बीमा ४२ र सामूहिक लगानी कोष ०.०५ अङ्कले वृद्धि भएको छ ।

स्टकका अनुसार नेपाल बैंकको रु आठ करोड ६६ लाख २८ हजार ६२१, शिवम् सिमेन्ट रु छ करोड ८८ लाख ३४ हजार ३२४, बुटवल पावर कम्पनी रु पाँच करोड ९६ लाख ४८ हजार २९०, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु चार करोड ९६ लाख ९७ हजार ५२५, सानिमा माई हाइड्रो पावर रु चार करोड २५ लाख ९० हजार ५५४, प्राइम बैंक रु दुई करोड ४७ लाख १० हजार ४४१ को कारोबार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार मल्टी पर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ९.९४ प्रतिशतले कमाए । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, रिलायन्स फाइनान्स ९.७०, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३ प्रतिशतले कमाए । त्यस्तै समिट लघुवित्त वित्तीय संस्था ७.०५, सिन्धु विकास बैंक ५.२२, घलेम्दी हाइड्रो पावर ४.९१, हिमालयन डिस्टिलरी ४.५५, मिथिला लघुवित्त वित्तीय संस्था ४.४३, एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.६८ गुमाएका छन् । स्टकमा आज हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको कूल ९९ लाख साधारण शेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई