नेकपा भित्र विवाद चरम उत्कर्षमा पुगेको बेला ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


काठमाडौँ, २४ मङ्सिर : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका विषयमा छलफल भएको बुझिएको छ ।पार्टीभित्रको विवाद उत्कर्षमा रहेका बेला आज बिहान प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार जानुभएको थियो । ओली र प्रचण्डबीच करिब २ घण्टा छलफल भएको थियाे ।
नेकपा भित्र विवाद चरम उत्कर्षमा पुगेको बेला दुई अध्यक्षबीचको छलफललाई सकरात्मक् रूपमा हेरीएको छ ।

प्रतिक्रिया दिनुहोस