कमानसिंह लामाले कम्युनिष्ट आदर्शको कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएको छ : उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ, २५ मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सामाजिक सन्जाल ट्विटरबाट ट्विट गर्दै कमानसिंह लामाले कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएको छ भन्दै श्रद्धान्जली दिनु भएको छ ।

लामाले मृत्युको केही दिन अगाडि “प्रिय, तिमीत उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे !!! वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिएं !!! ढोंगीहरुलेत हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार !!! जे होस तिम्रा जाल झेल खेती सप्रेकोनैछ साधा जीबन उच्च विचारका होर्दिड०बोर्ड बगैंचा घरका भित्तामा टांसेकाछौ त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हांडि घोप्टे जस्तो लाग्छ !! ” भन्दै फेसबुकमा भावुक स्टाटस लेख्नु भएको थियो । यसबाट लामाले कस्तो पारिवारिक तनाब झेलिरहेका थिए भन्ने प्रष्ट हुन्छ ।

पोखरेलको ट्विट

कमरेड कमानसिंह लामा अब हामीविच रहनु भएन ! हार्दिक श्रद्धान्जली ! तर वहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई – अझ यसमा आवद्ध ‘ कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएकोछ। अलविदा कमरेड कमानसिंह लामा !

 

यो पनि पढनुहोस

मृत्युअघि कमानसिंहको भावुक फेसबुक स्टाटस

 

प्रतिक्रिया दिनुहोस