प्रमका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालको मध्यरातमा स्ट्याटस ‘ कमानसिंहको हप्ता दिन अघीको फेसबुक स्ट्याटसले चकित तुल्यायो!’


काठमाडौँ, २६ मङ्सिर : प्रमका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालको हिजो राती फेसबुकमा एक स्ट्याटसले लेख्दै कमानसिंह लामाको हप्ता दिन अघीको फेसबुक स्ट्याटसले चकित तुल्यायो भन्नुभएको छ ।

रिमालले एकपटक भेट्ने हप्ता-दस दिन अघी भएका हामी बिचको बाचा पूरा हुन भन्दै यो पछीसम्मै खट्की रहने छ भन्नुभएको छ ।

रिमालले कमानसिंह लामालाई श्रद्धांजलि दिदै उक्त स्ट्याटस लेख्नुभएको हो ।

रिमालको स्ट्याटस

‘ एकपटक भेट्ने’
हप्ता-दस दिन अघी भएका हामी बिचको बाचा पूरा हुन पाएन।
यो पछीसम्मै खट्की रहने छ।
तपाइको हप्ता दिन अघीको फेसबुक स्ट्याटसले चकित तुल्यायो!
र, हिजो भएको अकस्मिक निधनको खवरले अति नै दुःखी बनायो ।
भावपूर्ण श्रद्धांजलि कमरेड कमानसिंह लामा जी !!

किन भए रिमाल चकित

नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाका लागि पुर्व राजदूत कमानसिंह लामाले मृत्युको एक हप्ता अगाडि फेसबुकमा भावुक स्टाटस लेख्नु भएको थियो । यसबाट लामाले कस्तो पारिवारिक तनाब झेलिरहेका थिए भन्ने सजिलै बुझ्न सकिन्छ ।

कमानसिंहको भावुक फेसबुक स्टाटस

मृत्युअघि कमानसिंहको भावुक फेसबुक स्टाटस

 

सनराईज खवरमा प्रकाशित समाचार र भिडियो

https://www.sunrisekhabar.com/news-details/22162/2020-12-10

प्रतिक्रिया दिनुहोस