नेकपाका १० जिल्ला कमिटी टुङ्गियो


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ३ अन्तर्गतका १० जिल्ला कमिटीले पूर्णता पाएको छ । प्रदेश नं ३ का १३ जिल्ला कमिटीमध्ये अहिलेसम्म काठमाडौँ, भक्तपुर, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा जिल्ला कमिटीले पूर्णता पाएको हो । अहिलेसम्म ललितपुर, काभ्रेपलाञ्चोक र चितवन जिल्लाको कमिटी गठन भइनसकेको प्रदेश कमिटीले जनाएको छ । बाँकी रहेका तीन जिल्लामा आगामी सातासम्ममा टुङ्गो लागिसक्ने प्रदेश कमिटी इञ्चार्ज अष्टलक्ष्मी शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाँकी जिल्लामा पनि कमिटी गठनका लागि आवश्यक गृहकार्य भइरहेको छ ।” आज धादिङ कमिटीको शपथग्रहण भएको प्रदेश कमिटीले जनाएको छ । भोलि बुधबार मकवानपुर र बिहीबार सिन्धुली जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम रहेको छ । कमिटी गठन गर्दा वरिष्ठतालाई प्राथमिकता दिइएको इञ्चार्ज शाक्यले जानकारी दिनुभयो ।

पूर्व नेकपा (एमाले) र माओवादी केन्द्र दुवै पार्टीमा लामो समय काम गरेको अनुभव र क्षमतालाई मापदण्ड बनाइएको उहाँको भनाइ छ । उहाँका अनुसार महिला, जनजाति, दलितलगायतलाई समेटेर समावेशी कमिटी बनाउन लागिएको छ । जिल्ला कमिटी गठन गर्दा पर्याप्त छलफल भएको उहाँले बताउनुभयो । १३ वटै जिल्लाको जिल्ला कमिटी गठन भइसकेपछि नगर, गाउँ र वडा कमिटीको गठन हुनेछ । गत ४ गते बसेको प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीलाई चाँडो पूर्णता दिने निर्णय गरेको थियो । –––

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई