अमेरिकी राजदूतले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ प्रति सामाजिक सञ्जालमा आएका प्रतिकृया

काठमाडौँ : अमेरिकी राजदूत र्यान्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ प्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन ।
आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेज र ट्वीटरमा भिडियो सन्देश प्रसार गरेका थिए ।
बेरीले आफ्नो दूतावासको सामाजिक सञ्जालमा जोडिएका लाखौं फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भएकाले उनीहरूका जिज्ञासा र सरोकार सम्बोधन गर्न गफगाफमा आउन लागेको भिडियो सन्देश दिएका थिए ।
राजदुतको सम्वादबारे रमेश कडेल लेख्छन ” युवाहरूसँग गफ गर्ने, गगनलाई अमेरिका लगेर ट्रेनिङ दिने । उसले चाहेको नेता उत्पादन गरेर नेपालमा आफूले चाहे अनुसार खेल्न खोजेको त होइन?

यस्तै मन्दाइ लेख्छन तपाईंको सक्रियता हेर्दा दर्हैसग नेपाली राजनीतिमा हस्तक्षेप गर्ने योजनाको शुरुवाती पाइलाहरु चाल्दै हुनुहुन्छ जस्तो देखिन्छ । एकातिर ५० अर्बको मूल्य नेपालले चुकाउनुपर्ने देखिँदैछ भने अर्कोतिर चीन अमेरिकी द्वन्दमा नेपाल फस्ने संभावना बढेर गएको छ । अस्तित्व मेटिने डरले सताउन थाल्यो।

यस्तै असमान राजन लेख्छन ” माफ गर्नुहोला के हाम्रो राजदूतले अमेरिकामा तपाईले नेपाल मा गर्नेगरेको कार्य गर्ने छुट पाउलान???

यस्तै खगेन्द्र लुइटेल लेख्छन ” यो एक राम्रो माध्यम हो अमेरिकाले नेपालिको मनोविज्ञान बुझने र आफ्नो सम्बंधलाई जनस्तरसम्म क़ायम गर्ने । तर यसो गरिरहदा नेपाली क़ानून कूटनीतिक मर्यादा र व्यवहारलाई ख़्याल राख्नु अतिआबश्यक छ ! धन्यवाद !

यस्तै मीन अधिकारि लेख्छन ” यस पुण्य भुमीमा यहाँहरुले खेलेको घृणित खेलले यहाँका नागरिक दिक्क छन।नेपाललाई गिजोल्न छोडिदिनुस हजुर। हाम्रो देशका दुख सुख हामी आफै भोग्छौ। अनावश्यक भुमीका नखोज्नुहोला। थान्कामा बस्नुहोला। नमस्कार।
