यस्तो छ सरकारले जारी गरेको अध्यादेश (अध्यादेशसहित)


काठमाडौँ, ३० मङ्सिर : संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपुरक संख्या तीनजना मात्रै भए पुग्ने भएको छ। आज मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालकाे संविधानकाे धारा ११४ काे उपधारा (१) बमाेजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी पहिलाे संशाेधन अध्यादेश २०७७ जारी भएपछी यस्तो व्यबस्था राखिएको हो ।

उक्त ऐनको दफा ६ को उपदफा ३ मा रहेको गणपुरक संख्या अध्यक्षसहित कम्तीमा चार जना सदस्य हुनुपर्ने ठाउँमा सरकारले अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरेको हो ।

त्यस्तै सर्वसहमित निर्णय हुनुपर्ने प्रावधानलाई हटाएर बहालवाला सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखिएको छ।

Image

Image

प्रतिक्रिया दिनुहोस