प्रधानमन्त्री ओली पहिलो पटक ‘प्रचण्ड’लाई भेट्न खुमलटार जाने


प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार जाँदैहुनुहुन्छ। प्रधानमन्त्री भएपछी प्रचण्डनिवास खुमलटारमा ओली पहिलो पटक जान लाग्नु भएको हो ।

पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस भईरहेको बेला प्रधानमन्त्री खुमलटारमा जान लाग्नु भएको हो ।

नेकपा स्थायी कमिटीको अर्काे बैठक यही पुस ५ गते बस्नेछ । यस्तै केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस