२०७८ वैशाख २३ गते आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौँ, ५ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गर्नुभएको छ । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।
प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र अर्को चुनाव गर्न यस्तो सिफारिश गरिएको बताइएको छ ।
राष्ट्रपतिलाई संसद विघटन र चुनाव सिफारिश गरेर प्रधानमन्त्री ओली शीतलनिवासबाट बालुवाटार फर्कनु भएको छ ।