के तपाईंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो ? फस्नुहोला है ।


गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए । पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो । आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत बिक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा आफँैले बेचेको मोटरसाइकलका चालकको मृत्यु भएको रहेछ । प्रहरीले सो मोटरसाइकल धनी खोज्दै जाँदा यातायात व्यवस्था कार्यालयमा पण्डितको नाम फेला प¥यो । त्यसपछि प्रहरीले कसरी त्यो मोटरसाइकल त्यहाँ पुग्यो भनेर पण्डितको खोजी गर्न थाल्यो । रिकण्डिसनमा बिक्री गरेको कागजका कारण पण्डित त बच्नुभयो । तर यस्तै तवरले सवारी साधन बिक्री गरेकाहरु फस्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्का बताउनुहुन्छ । यस्ता घटना धेरै आउने गरेको उहाँले बताउनुभयो । मोटरसाइकल, गाडी जस्ता सवारी साधन विश्वासमा अरूलाई बिक्री पछि पनि नामसारी नगरी चलाउन दिन नहुने खड्काको भनाइ छ । ती सवारी साधन दुर्घटना हुँदा त्यसको दोषी आफू हुन्छु भन्ने थाहा भई बेवास्ता गर्दा धेरै फस्ने गरेको उहाँले बताउनुभयो । सरकारी वकिलले सवारी धनीपूर्जामा जस्को नाम छ उही प्रतिवादी बनाउने हुँदा धेरैले सानो कमजोरीका कारण ठूलो क्षति बेहोर्न बाध्य भएको खड्काको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौर सवारी साधन बिक्री गरेपछि तत्काल नामसारी गर्नुपर्ने बताउनुहुन्छ । अर्काको सवारी साधन चलाउनेलाई पनि राम्रो नहुने भन्दै उहाँले यो सन्देश सबै सवारी धनीलाई पु¥याउन जरुरी देखिएको जानकारी दिनुभयो । आफ्ना सवारी साधन बिक्री गरेर नामसारी नगरेकाहरु धेरै रहेका छन् । विश्वासका आधारमा बस्दा सवारी साधन किनेकाहरुले बीमा नगर्ने, सवारी साधनको नवीकरण नगर्ने जस्ता समस्या देखिने गरेको छ । यसको दोषी पनि सवारी धनी हुने गरेका छन् । धेरै सवारी साधन पुराना भएपछि बढी बिक्री वितरण हुने गर्दछ । खरीद गरेकाहरुले आफ्नो नाममा नभएमा नवीकरण नै नगरी सञ्चालन गरीदिँदा सरकारी राजश्वमा स्वयम् सवारी धनीको बक्यौता बसिरहने समस्या हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई