राजदूत बेरीले संचालन गर्न लागेको कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालको असन्तुष्टि

काठमाडौं : नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्यान्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
नेता नेपालले अन्तराष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित हुने भएकाले संचालन नगर्न पनि राजदुत बेरीको ध्यानाकर्षण गराउनु भयो । बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा वहाँले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।