कालो बारुला जस्तो कीराको टोकाइबाट १५ जना घाइते


गोरखा, २४ चैत (रासस) : पालुङटार नगरपालिका–४ छापथोकमा सिङ्गुस (कालो बारुला जस्तो कीरा) को टोकाइबाट १५ जना घाइते भएका छन् । आज सुनार जातिका समुदायका मानिस आइतबारे पूजाका लागि छापथोकमा भेला भएका बेला एक्कासी सिङ्गुसले टोकेको स्थानीयवासीको भनाइ छ ।

सिङ्गुसको टोकाइबाट घाइते भएकामध्ये नौ जनालाई थप उपचारका लागि चितवन पठाइएको स्थानीयवासी सुजन न्यौपानेले जानकारी दिनुभयो । उनीहरुलाई स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको न्यौपानले जानकारी दिनुभयो । अन्य घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन् ।

दिउँसो पूजाका लागि जम्मा भएका बेला आगो सल्काउने क्रममा धुवाँ भए पनि जङ्गलमा रहेको सिङ्गुस एक्कासी उडेर आएर मानिसलाई टोकेको स्थानीयको भनाइ छ । यसअघि पनि पालुङटारमा बाहिरबाट उडेर आएको सिङ्गुसले टोकेर नौ जनाभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस  
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१६ बस्ने २१ वर्षीय सुरज साहलाई बिहीबार

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई