बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता , मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव


काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले मुख्यमन्त्री डोरमणी पौडेलको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्।

(नेकपा)को प्रचण्ड–माधव समूहका शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन ४५ सांसदले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन्।

प्रतिक्रिया दिनुहोस