प्रम ओलीद्धारा भारतीय प्रम मोदीलाई बधाई, आगामी दिन अझै नजिक रहेर कामगर्न इच्छुक रहेको विचार व्यक्त


काठमाडौं : भारतीय लोकसभाको मतगणना हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई ट्वीटर मार्फत बधाई दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले ट्‍विटरमार्फत् भन्नुभएको छ ‘लोकसभा निर्वाचन २०१९ मा विशाल चुनावी जितका लागि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो बधाई दिन्छु, यो जितसँगै सफलताको शुभकामना व्यक्त गर्दछु। आगामी दिन अझै नजिक रहेर कामगर्न इच्छुक रहेको पनि अवगत गराउँछु।’

भारतमा जारी लोकसभा निर्वाचनको मतगणनामा ताजा अवस्थामा सत्तारुढ दल भारतीय जनता पार्टीले ३५१ सिटमा अगाडि छ भने प्रमुख प्रतिपक्षी दल कांग्रेसको गठबन्धन ९१ सिटमा अगाडि रहेको छ । कुल ५४२ सिटमा बहुमतको लागि २७२ सिटको आवश्यकता पर्छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई