सामाजिक सन्जालमा भारतको चुनावी नतिजाप्रति धेरैको चासो

भारतीय चुनावी नतिजाबारे सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी गरिएका छन्।
अन्तिम नतिजा सार्वजनिक नहुँदै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई बधाई पनि दिन भ्याइसकेका छन्।Skip Twitter post by @kpsharmaoli

I extend warmest congratulations to Prime Minister @narendramodi ji for landslide election victory in the Lok Sabha Elections 2019. I wish all success ahead. I look forward to working closely with you. #PMOIndia1,2941:23 PM – May 23, 2019Twitter Ads info and privacy394 people are talking about this
End of Twitter post by @kpsharmaoli
त्यस्तै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बधाई दिएका छन्।Skip Twitter post by @cmprachanda

☭ Comrade Prachanda✔@cmprachanda
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन-२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना ।363:12 PM – May 23, 2019Twitter Ads info and privacySee ☭ Comrade Prachanda’s other Tweets
End of Twitter post by @cmprachanda
ट्विटरमा मीन राईले नतिजाले नेपाललाई अर्थ नराख्ने तर्क गरेका छन्। “जित जुनसुकै पार्टीको होओस् तर भारतको नेपाल अर्थात् छिमेकीप्रतिको दृष्टिकोण फेरिनेछैन।”Skip Twitter post by @Minbahing

मिन राई@MinbahingReplying to @bbcnepali
जीत जुनसुकै पार्टीको होस् तर भारतको नेपाल अर्थात् छिमेकी प्रतिको दृष्टिकोण फेरिने छैन !211:03 AM – May 23, 2019Twitter Ads info and privacySee मिन राई’s other Tweets
End of Twitter post by @Minbahing
साहित्यकार नयनराज पाण्डेले मोबाइलमा भारतीय चुनावी परिणाम हेर्दै गरेका एक साधुका तस्वीर पोस्ट गरेका छन्।Skip Twitter post by @NayanRajPandeyView image on Twitter

NAYAN RAJ PANDEY✔@NayanRajPandey


मोबाइलमा भारतीय लोकसभा चुनाव परिणाम हेर्दै मायामोहबाट मुक्त (?) एक साधुबाबा । 2412:01 PM – May 23, 2019See NAYAN RAJ PANDEY’s other TweetsTwitter Ads info and privacy
End of Twitter post by @NayanRajPandey
पश्चिम बङ्गालमा वामपन्थी दलहरूको उपस्थितिबारे पत्रकार गिरीश गिरीले व्यङ्ग्यात्मक प्रश्न गरेका छन्, “पश्चिम बङ्गालका कम्युनिष्टहरू कता हराएछन्, कि भएभरका वामपन्थीहरू ‘रामपन्थी’ भए?”Skip Twitter post by @Birgunj

पश्चिम बंगालका कम्युनिष्टहरू कता हराएछन्? कि भएभरका बामपन्थीहरू ‘रामपन्थी’ भए?709:53 AM – May 23, 2019Twitter Ads info and privacySee Girish Giri’s other Tweets
End of Twitter post by @Birgunj
समाजशास्त्री सुरेश ढकालले भारतको उत्तरतिर बढ्दो दक्षिणपन्थी ‘झुकाव’ देखियो भन्दै ट्वीट गरेका छन्।
“भारतको उत्तरतिर बढ्दो दक्षिणपन्थी ‘रुझान’ देखियो। त्यो उत्तरी भारतीय सिमाना नाघेर अझै उत्तरतिर बढ्छ त? भारत-नेपाल भाइ-भाइ भन्छन् के रे!”Skip Twitter post by @suracedhakal

भारतको उत्तर तिर बढ्दो दक्षिणपंथी ‘रुझान’ देखियो । त्यो उत्तरी भारतीय सिमाना नघेर अझै उत्तर तिर बढ्छ त ? भारत नेपाल भाई भाई भन्छन् के रे !1011:37 AM – May 23, 2019Twitter Ads info and privacySee Suresh Dhakal’s other Tweets
End of Twitter post by @suracedhakal
अर्का ट्विटर प्रयोगकर्ता गौरव पोखरेलले दोस्रो पटक मोदी निर्वाचित भए उनी फेरि नेपाल आउन सक्ने भन्दै व्यङ्ग्य गरेका छन्।
“अब फेरि मोदी नेपाल आउने होलान्, लुम्बिनी जान बाँकी छ क्यार!”Skip Twitter post by @gpokhrel

अब फेरि मोदी नेपाल आउने होला , लुम्बिनी जान बाँकी छ क्यार ;))211:34 AM – May 23, 2019Twitter Ads info and privacySee गौरव’s other Tweets
बिबिसीबाट सभार