‘विप्लव’समूहका घोराही इन्चार्जद्वारा पार्टी परित्याग


घोराही, १० जेठ (रासस) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएको बताउनुभयो । उहाँले अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र आम नागरिकसरह जीवनयापन गर्न चाहेको बताउनुभयो । पछिल्लो समय विप्लव समूहले गरेको हिंस्रक गतिविधिले समाजमा सकारात्मक सन्देश नदिएको हुँदा आफूले उक्त समूह परित्याग गरेको उहाँको भनाइ थियो । आम नागरिकले अब देशमा शान्ति चाहिरहेको अवस्थामा फेरि पनि युद्धको झल्को दिने गतिविधि गर्नु उचित नभएको उहाँले बताउनुभयो । उहाँलाई वैशाख १३ गते प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाउँदै गिरफ्तार गरेको थियो भने उच्च अदालत तुलसीपुरबाट बन्दी प्रत्यक्षीकरणमाथि बहस गर्दै रिहा गर्न आदेश दिए पनि प्रहरीको उच्च निगरानीमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई