प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालको चेतावनी : सीमामा बस्नुस् रवीन्द्रजी


प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न भन्नु भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा मिश्रले गरेको ट्वीटमा कमेन्ट गर्दै रिमालले उक्त कुरा भन्नुभएको हो ।

शनिबार साँझ मिश्रले ट्वीटमा लेख्नु भएको थियो ‘ कस्तो समय आयो! पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरिक हुने। अब अति भो!

मिश्रको ट्विटमा कमेन्ट गर्दै रिमालले लेख्नु भएको छ ‘ सीमामा बस्नुस् रवीन्द्र जी! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यतिचाहिँ भनूँ- मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।

प्रतिक्रिया दिनुहोस