कतारमा हुने विश्वकप फुटवलमा ३२ टीम मात्रै सहभागी गराइने


लुसान, १० जेठ: विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ ।

कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोकिएको फिफाले जनाएको छ । फिफाले टिम थप गर्ने वा नगर्ने भन्ने प्रस्तावलाई आगामी जुन ५ मा हुने फिफा कङ्ग्रेसमा समेत नलैजाने जनाएको छ । टिम थप्ने योजना फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको व्यक्तिगत परियोजना रहेको आक्षेप लगाइएको छ । कतार विश्वकपमा ४८ राष्ट्रका टिम राखिएको भए कतारलाई ३० देखि ४० करोड अमेरिकी डलर थप आम्दानी हुने एएफपीले जनाएको छ । फिफाले १२ करोड डलर टेलिभिजन प्रसारण अधिकार, १५ करोड मार्केटिङ अधिकार र ९ करोड टिकट बिक्रीबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई