काङ्ग्रेस चुनाव र राजनीति


केशव प्रसाद भट्टराई
काङ्ग्रेसले गति छोडे पछि र बाटो बिराएपछि मुलुकको राजनीतिले गति छोड्छ बाटो बिराउँछ Iडेढ दशक देखि भएकै यही हो I त्यसैले काङ्ग्रेस र मुलुक यो हालतमा छ I
तर नयाँ चुनावले मात्रै काङ्ग्रेसकलागि र मुलुकका लागि नयाँ अवशर र सम्भावना लिएर आउँछ I
मुलुकलाई अघि बढ्ने सम्भावना निर्माण गर्दछ Iपहिलोबाट दोस्रो हुँदै तेस्रो , चौथो हुने दौडमा किन लागेको हो काङ्ग्रेस उनै बुझुन Iचुनाव जितेर जोगाउनु क्या संविधान जोगाउनु पर्ने भए पनि I
त्यसैले राज्यले हुँदैन नभनुन्जेल चुनाव हुन्छ भनेर तयारी नगर्ने हो भने काङ्ग्रेसले फेरी वाङ्ग खाला है ?
चुनावको सम्भावना नदेखेका, जनतामा जाने हुती नभएका र पार्टी भित्रको खेलो फड्कोमै रमाएर राजनीति धान्ने गलित, स्खलित, थकित क्लान्त नेताहरूको पछि लागेर काङ्ग्रेसी युवाहरू अर्थहीन फूर्ति र वाककलाको दौडमा नलाग्दा जाती हो कि ?
राम्रो पूर्व तयारीले मात्रै पनि युद्ध आधा फत्ये हुन्छ भनिन्छ Iहुनत मुलुकको र काङ्ग्रेसको राजनीति नबुझ्ने र राजनीतिमा नरहेका काङ्ग्रेसको भोटर मात्रै रहेका म जस्ता मानिसको कुरा काङ्ग्रेसकाले किन सुनिरहनु पर्यो र ?
प्रतिक्रिया दिनुहोस