साइबर सेनाबारे पूर्वमन्त्री बाँस्कोटाको यस्तो आयो ट्वीट


काठमाडौँ, २८ पुस : नेकपाका प्रभावशाली नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कुनै आधिकारिक रूपमा साइबर सेनाको गठन नगरिएको दावी गर्दै सामाजिक सन्जाल ट्वीटरवाट ट्वीट गर्नुभएको छ ।

पूर्वमन्त्री बाँस्कोटा राज्यकाे सेनामाथि विस्वास गर्ने बताउदै अरु कुनै नाम वा प्रकारकाे सेनामाथि हाेईन भन्नुभएको छ । उहाले सामाजिक सञ्जाल चलाउने स्वतन्त्रता सबैलाई छ भन्दै कस्ले कस्लाई समर्थन गर्छ वा लेख्छ ब्यक्तिकाे स्वविवेक र जवाफदेहिताकाे कुरा हाे भन्नुभएको छ ।

बाँस्कोटाले ओली नेतृत्वकाे नेकपा साइबर सेनाकाे टुकडीमा हाईन, सम्पुर्ण जनताकाे विवेकमाथि भरपर्छ भन्दै प्रधानमन्त्री ओलीले नेतृत्व गरेको टीमलाई माया गर्ने,सरकारको कामलाई जनतामाझ स्थापित गराउने हिसावले साथीहरूले सामाजिक सञ्जाल समूहहरू  स्वत:फुर्त बनाउनुलाई राम्रो काम हो भन्नुभएको छ ।
हेर्नुस बाँस्कोटाको ट्वीट

प्रतिक्रिया दिनुहोस