व्यक्तिगत चरित्रहत्या हुने गरी समाचार प्रकाशन भएकामा प्रधानमन्त्री सचिवालयको ध्यानाकर्षण


प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्गर अलीलाई असान्दर्भिक रुपमा मुछेर व्यक्तिगत चरित्रहत्या हुने गरी समाचार प्रकाशन भएकामा ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आज विज्ञप्ति जारी गरी यही जेठ ८ गते एक साप्ताहिक पत्रिकामा व्यक्तिको चरित्रहत्या गर्दै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पु¥याउने गरी नियोजित दुष्प्रचार गरिएको भन्दै खेद व्यक्त गरिएको छ । समाचारमा अन्तरराष्ट्रिय अपराधीको समूह नेपालमा आएको र उनीहरुलाई प्रहरीले पक्राउ गरेको तर प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अली अपराधी छुटाउन प्रहरीलाई भेट्न गएको भन्दै काल्पनिक कथा खडा गरी भ्रम सिर्जना भएको उल्लेख छ । ‘‘अली जेठ ७ गते मङ्गबार ९ बजेर ३० मिनेटमा प्रहरी परिसर टेकु पुगेर पक्राउ परेका अभियुक्तलाई भेटी फर्केको कपोलकल्पित कुरा दाबी समाचारमा गरिएको छ । उक्त कुरा त्यहाँको सिसी टिभीमा कैद भएको अत्यन्तै झुटो, भ्रामक र सुनियोजित अफवाह उक्त सामग्रीले प्रसार गरेको छ’’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘प्रधानमन्त्रीको सचिवालयले उक्त समाचारमा उल्लिखित विषयमा प्रहरी परिसर टेकूका डिएसपी सन्तोष तामाङलाई बुझ्दा तामाङले पनि अली त्यहाँ नआएको बताउनुभयो । यसरी व्यक्तिको सुरक्षा संवेदनशीलतामा असर पर्ने गरी लेखिएको काल्पनिक कथ्यलाई सप्रमाण पुष्टि गर्न (पत्रिकालाई)हामी चुनौती दिन्छाँै ।’’ अन्तरराष्ट्रिय अपराधी छुटाउन लागेको झुटो सूचना प्रसार गरी व्यक्तिको जीउज्यानको सुरक्षामा गम्भीर असर पार्ने सामग्री तयार गर्दा पत्रकारिता पेशाको सामान्य नैतिकता र नेपालकै पत्रकारहरुको आचारसंहितानुरुप सम्बन्धित व्यक्तिसँग बुझ्ने प्रयाससमेत नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘‘अलीले अभियुक्तलाई भेटेको हो÷होइन भन्ने विषयमा प्रहरी परिसरमा मुद्दा हेर्ने डिएसपी सन्तोष तामाङको आधिकारिक भनाइ पनि कथित समाचारमा उद्धृत गरिएको छैन’’, विज्ञप्तिमा भनिएको छ, ‘‘ धार्मिक आपराधिक समूहसँगको सम्पर्क रहेको अर्थ लाग्ने गरी सम्प्रेषण गरिएको झुटो समाचारले व्यक्तिको सुरक्षामा उत्पन्न हुन सक्ने परिस्थितिप्रति संवेदनशील नहुनु र पत्रकारिताको न्यूनतम आचरण निर्वाह नगर्नु यस पेशाको आधारभूत मूल्य, मान्यता र धर्मको गम्भीर उल्लङ्घन हो ।’’

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई