प्रतिनिधिसभा विघटन संघीयता र धर्मनिरपेक्षताविरुद्धको कदम हो : नेता नेपाल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समुहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम हुनुको साथै संघीयता र धर्मनिरपेक्षताविरुद्ध भएको बताउनुभएको छ ।

हिजो विहीवार काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपालले ओली पहिलेदेखी संघीयता र धर्मनिरपेक्षताविरुद्ध व्यक्ति आरोप लगाउनु भयो ।
संविधानमा बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नरहेको विचार गर्दै उहाँले प्रतिनिधिसभाले प्रधानमन्त्री चुन्न नसके वा प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा मात्र त्यस्तो व्यक्तिले संसद् विघटन गर्न सक्ने जिकिर गर्नुभयो ।

संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको र दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने प्रावधान रहेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले संविधानमा हुँदै नभएको धारा उल्लेख गरी अन्तरराष्ट्रिय अभ्यासलगायत कुरा राखेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो । उहाँले पञ्चायतविरोधी आन्दोलनदेखि नै प्रचण्डसँगै सहकार्य गरेको बताउदै नेपालले ओलीको तुलनामा दाहाल धेरै राम्रो भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस