निर्वाचन जिताएर मन्त्री बनाएको केटोले पुक्क लात्ताले हानेर भाग्यो– प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन जिताएर मन्त्री बनाएको केटोले पुक्क लात्ताले हानेर भाग्यो भन्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो म कुनै बैगुनी केटाकेटीबारे केही भन्न चाहन्न, दौडेर गएर भोट मागेर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ मन्त्री पनि बनाए तर एक दिन पुक्क लात्ताले हान्ने भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ । तर यस्ता कुरामा अल्झिनु छैन हामीलाई अगाडि बढनु छ ।

अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस