पुर्वमन्त्री योगेश भट्टराईले ट्वीटमार्फत् प्रधानमन्त्रीलाई यस्तो जवाफ फर्काए


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता तथा पुर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् जवाफ फर्काउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै “म कुनै बैगुनी केटाकेटीबारे केही भन्न चाहन्न, दौडेर गएर भोट मागेर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ मन्त्री पनि बनाए तर एक दिन पुक्क लात्ताले हान्ने भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ । तर यस्ता कुरामा अल्झिनु छैन हामीलाई अगाडि बढनु छ । ” भन्नु भएपछी नेता भट्टराईको ट्वीटमार्फत् जवाफ दिनु भएको हो ।

भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भन्नु भएको केटा छ ‘ केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनी पाउँदा मलाई दुःख छैन । तपाईँको स्तर थाहा पाएँ, खुशी लाग्यो ।’

प्रतिक्रिया दिनुहोस