निर्वाचनमा जुट्न डा सीके राउत निर्देशन


लहान, ६ माघ (रासस) ः
जनमत पार्टीका अध्यक्ष डा सीके राउतले अब हुने निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको स्मृतिमा हिजो सिरहाको लहानमा आयोजित सभामा उहाँले भन्नुभयो, “आगामी तीन महिनामा होस् वा छ महिनामा निर्वाचन त हुन्छ नै, त्यसैले निर्वाचनमा जुट्नुस् ।”

निर्वाचनबाट शक्ति आर्जन गरेर मधेशी जनताको हकअधिकार सुनिश्चित गराउनुपर्ने भएकाले निर्वाचन तयारीको तयारीमा जुट्न उहाँले निर्देशन दिनुभयो ।

–––

प्रतिक्रिया दिनुहोस