प्रधानमन्त्री ओलीको कडा चेतावनी , भ्रष्टाचारको गन्ध आए सिधै कार्वाही गर्छु


२४ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी निवारण कोषमा भ्रष्टाचार भए कार्वाही हुने बताउनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गरिवी निवारण कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कोषका अध्यक्ष केपी शर्मा ओलीले हरेक संस्थाले देशको हितलाई सर्वाेपरी राखेर काम गर्नुपर्छ भन्नुभयो । विकास र निर्माणको काममा कहीँकतै भ्रष्टाचारको गन्ध आउन नहुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा कामकारवाही पारदर्शी र सकारात्मक परिणाम देखिने हुनुपर्छ ।”

मुलुकमा अहिले कूल जनसङ्ख्याको १८.७ अर्थात् ५६ लाख जनता गरीबीको रेखामुनि रहेको हुँदा उनीहरुलाई समेट्ने गरी कार्यक्रम बनाउन बैठकमा प्रधानमन्त्रीले कोषका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विकास र समृद्धिको लक्ष्य हासिल गर्न कोषले आफ्ना कार्यक्रमलाई थप प्रभावकारी बनाएर अघि बढ्नुपर्छ ।”
कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्याङ्कन गरेर मात्रै गरिवी निवारण कोषका लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ । त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय समेत भएकाे छ ।

गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन । उनीहरुको सञ्चालन र त्यसमा रहेको कोषको परिचालन पनि स्थानीय तहले नै गर्ने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई