प्रचण्ड–नेपाल समुहले मेची देखी महाकाली सम्मका कार्यकर्तालाई राजधानि ल्याउदा पनि लाखको एक चौथाई सहभागि


काठमाडौँ, ९ माघ : प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समुहले आज राजधानीमा गरेको कार्यक्रमलाई सफल बनाउन मेची देखी महाकाली सम्मका कार्यकर्तालाई राजधानि ल्याउदा पनि कार्यक्रममा सोचे जतिको कार्यकर्ता नआएको पाइएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समुहले शक्ति प्रर्दशन गर्ने भनेर लामो तयारी गर्दापनी कार्यक्रमका लागि भन्दै देशभरीका जिल्लाबाट बसहरु रिर्जभ गरी नेता कार्यकर्तालाई हिजोबाट काठमाडौं ल्याइएपनी राजधानिका कार्यकर्ताले खास चासो नराख्दा सोचे जतिको जुलुस नभएको एक नेताले बताएका छन ।

आज बिहान पनि लामो दुरीका बसहरू झन्डा सहित राजधानि गई रहेको देखिएको थियो । लाखौंमा जुलुस निकाल्ने भनिएपनी आजको कार्यक्रममा लाखको एक चौथाई मात्र सहभागि भएको एक नेताले बताएका छन ।

कार्यक्रमा बोल्दै ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गर्दै भन्नुभयो अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिनुभयो ।

उहाँले ‘पार्टी विधान नमानेकाले’ प्रधानमन्त्रीका विरुद्ध आफूहरुले पार्टी कमिटीभित्र सङ्घर्ष गर्दै आएको बताउनुभयो । “यति गर्दा पनि प्रधानमन्त्रीलाई सच्चाउन सकिएन, म आत्मालोचना गर्न चाहन्छु”, उहाँले भन्नुभयो, “आज आएर प्रधानमन्त्रीले पार्टी विधान, पार्टीभित्र भएका सहमति नमान्ने मात्र होइन, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नमानेर विध्वंसतर्फ जाने काम गर्नुभयो ।”

प्रतिक्रिया दिनुहोस