पूर्वमन्त्री बाँस्कोटा ट्विट गर्दै भन्नुहुन्छ ‘ हामी ओलीतिर गएका हाेईनाै, ओली हामीतिर आए’


काठमाडौँ, ११ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिवार राती ट्विट गर्दै हामी ओलीतिर गएका हाेईनाै,ओली हामीतिर आए भन्नुभएको छ ।

बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको महत्वपूर्णकामका कारण नै मजदूर युवा बिधार्थी देखी सबै देशभक्त र विकास प्रेमी जनतामा केपी ओली पुग्नुभएको ट्विट मार्फत बताउनु भएको हो ।

हेर्नुस बाँस्कोटाको ट्विट

मजदूर भन्छन-हामी ओलीतिर हाेईन,ओली हाम्राेसमाजिक सुरक्षाकाे मुद्दामा साथ दिनआए।महिला भन्छन-हामी उनीतिर हाेईन,ओली हाम्राे सुरक्षा र सम्मानकाे लागि उभिए।देशभक्त र विकास प्रेमी जनताभन्छन-हाम्राे राष्ट्रिय स्वाधीनताकाे रक्षा गर्ने चाहना र नवनिर्माण गर्ने ईच्छा पुरा गर्न ओली हामीसँगआए।युवा र विध्यार्थी भन्छन-हाम्राे वर्तमान र भविष्य बाेकेर ओली हामीतिरैआए।त्यसैले हजुर! हामी ओलीतिर गएका हाेईनाै,ओली हामीतिर आए।र,ओलीले हामीलाई र हामीले ओलीलाई समर्थन गर्ने निर्णय गरयाै।

प्रतिक्रिया दिनुहोस