माधव नेपालले ३३ दिनमा अध्यक्ष पद गुमाए


काठमाडौँ, १२ माघ : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई कानूनी मान्यता नदिएपछी माधव नेपालले ३३ दिनमा अध्यक्ष पद गुमाएका छन । हिजो नेकपाका दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णय मान्यता दिन याेेेेेग्य नभएकाे निर्वाचन आयाेगले ठहर गरेपछी नेपाल फेरि वरिष्ठ नेतामा झर्नु भएको छ ।

निर्वाचन आयोगको निर्णयपछी सबैभन्दा ठूलो चोट भने वरिष्ठ नेता माधवकुमार नेपाललाई परेको छ ।

प्रचण्ड–माधव समुहको गत ७ पुसमा बसेको केन्द्रीय समिति वैठकले अध्यक्ष केपी ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्षमा मनोनित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस