भैसीपुजाकाे समर्थन गर्नेहरुले पशुपतिमा प्रमले पुजा गर्दा विराेध गर्नु के अनाैठाे भाे र :पूर्वमन्त्री बाँस्कोटा
काठमाडौँ, १३ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज ट्विट गर्दै भैसीपुजाकाे समर्थन गर्नेहरुले पशुपतिमा प्रमले पुजा गर्दा विराेध गर्नु के अनाैठाे भाे र ? भन्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएपछी केहीले बिरोध गरेपछी बाँस्कोटाको ट्विट आएको हो ।
हेर्नुस बाँस्कोटाको ट्विट
भैसीपुजाकाे समर्थन गर्नेहरुले पशुपतिमा प्रमले पुजा गर्दा विराेध गर्नु के अनाैठाे भाेर? धार्मिक स्वतन्नत्रता छभन्नेहरुले कस्लाई साेधेर पुजा गर्न जानु पर्ने हाे।यस्ताे कुरा पनि नागरिक अधिकारमाथिकाे अतिक्रमण हैन र?
— Gokul Prasad Baskota (@GokulPBaskota) January 26, 2021