सबैलाई शुद्ध खानेपानी पु¥याउँछौँ : मन्त्री मगर


खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले सम्पूर्ण नेपालीलाई प्रशोधित खानेपानीको सुनिश्चितता गरी शुद्ध खानेपानी पु¥याउने सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । कैलालीको टीकापुरस्थित टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो चुनावी साधारणसभामा उहाँले सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । “प्रशोधित खानेपानीको सुनिश्चितता सरकारको मुख्य एजेण्डा हो”, उहाँले भन्नुभयो । मुलुकमा करीब ४३ हजार उपभोक्ता समितिमार्फत जनतालाई खानेपानीको व्यवस्था गरिएको मन्त्री मगरले भन्नुभयो । खानेपानी घरघरमा पु¥याउन उपभोक्ता र विभिन्न सङ्घसंस्थामार्फत सरकार लागिपरेको उहाँको भनाइ थियो । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा रणबहादुर रावलले शुद्ध खानेपानी पाउनु हरेक व्यक्तिको नैसर्गिक अधिकार भएको बताउनुभयो । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले खानेपानी ढल निकाससँग पनि जोडिएकाले ढल निकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई