म वकील होइन न त प्रहरी, हुलिया खोज्दै हिड्नुपर्ने । मेरो जे हुलिया छ, काभ्रे जिल्लाले बनाइदिएको छ : मन्त्री बास्कोटा


बनेपा । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले म वकील होइन न त प्रहरी, हुलिया खोज्दै हिड्नुपर्ने । मेरो जे हुलिया छ, काभ्रे जिल्लाले बनाइदिएको बताउनु भएको छ । त्यो हुलिया यसै गरी म तपाईंहरुको बीचमा देखाइरहन्छु र देखाइरहन्छु । मेरो हुलियाले कहिल्यै पनि पैसा आउँछ भनेपछि तस्करीका आरोप लागेका हरुको बहस गर्न गएन । मेरो हुलियाले राम्रो कमाई हुन्छ भनेपछि राजस्व छल्नेहरुको बारेमा बहस गर्नुपर्छ, पेशा धर्मिता हो भनेर पनि गएन । मेरो हुलिया यही डाडापारीका बस्तीहरुबाट बन्यो, यहीँ रोशीका बस्तीहरुबाट बन्यो । इन्द्रावती किनारमा बन्यो । नगरकोटको फेदीमा बन्यो र पाँचखाल र भकुण्डेका फाँटहरुमा कुद्यो । कोशीपारी र डाडाँपारीमा अनि तेमालमा पनि मैले समय बिताएकै छु , शनिबार बनेपामा आयोजित डाँडापारी सन्देश साप्ताहिकले आयोजना गरेको एक कार्यक्रममा मन्त्री बास्कोटाले उक्त कुरा बताएका हुन् । 

मन्त्री बास्कोटाले भने –बौद्धिक सम्मानित नागरिकहरु जसको नाम म लिन चाहन्न । जसले मेरो हुलियाको खोजी रहनुभएको छ । हुलिया हाजिर छ हजुर । सर्वाहारा वर्गको रक्षा हित र श्रमिक वर्गको रक्षा हितको निम्ति कानुनहरु बनाउने, सरकार चलाउने र  न्याय बचाउने कुराको निम्ति आफ्नो  हुलिया जारी छ । मेरो हुलिया यही हो ।
अर्को एक प्रसंगमा मन्त्री बास्कोटाले आफूलाई प्रधानमन्त्री ओलीको घर कुर्ने चौकीदार भनेको विषयमा पनि मन्त्री बास्कोटाले कुनै चिजहरुको चोरी, डकैती, भ्रष्टाचार गर्नुभन्दा त चौरीदार भएको धेरै राम्रो हो । असाध्यै राम्रो काम हो । भनी बताउनुभएको छ । उहाँले काभे्र जिल्लाका जनताहरुले यति धेरै माया गरेर देशभरिकै अत्याधिक दुई नम्बरको भोट दिएर पठाउनुभयो । म ती महानुभाव हरुलाई सम्झन्छु, उहाँले बताउनुभयो ।
मन्त्री बास्कोटाले भन्नुभयो – सबैभन्दा पहिला म डाँडापारी सन्देशलाई शुभकामना भन्न चाहन्छु । तेस्रो वर्षमा यो प्रवेश ग¥यो र यो वर्षहरु गन्नको निम्ति निस्केको पत्रिका हो जस्तो मलाइ लाग्दैन । यो जीवनको गतिशीलताको निम्ति र जनतासँग एकाकार हुनका निम्ति जन्मेको हो । त्यसैले यसको अनन्त यात्राको तेस्रो पाइला साधारण सरल तरिकाले बितेको छ र आउँदो अवधि पनि यसले यसरी नै बिताउने छ, अकण्टक, निरन्तर रुपमा ! मैले यही शुभकामना दिन चाहँे । डाँडापारीको बारेमा ।  साथीहरुले चर्चा गर्नुभयो । मलाई यो के लाग्छ भने हाम्रो देश एउटा यस्तो देश छ, जहाँ अनन्त डाडाँपारीहरु छन् । हामी के बुझ्छौ भने यही महाभारतको दक्षिणी भाग तर तपाईंहरु हाम्रो देश एक प्रकारले पहाडी मुलुक हा,े हिमाली मुलक हो ।  र समथर जमिन त हाम्रो १७% मात्रै छ । यस अर्थमा अनन्त डाँडापारीहरु छन् भनेर मैले भन्न खोजेको हुँ । यसले एउटा भूगोलको (ठाउँको) प्रतिनिधित्व गरेपनि समग्रमा काभे्रबाट यो पत्रिका निस्केको छ, त्यस हिसाबले काभे्रकै प्रतिनिधित्व गर्नेछ, यहाँका जनताको प्रतिनिधित्व गर्ने छ । मैले यही भने । उहाँले बताउनुभयो ।

मन्त्री बास्कोटाले ठूला मिडिया र साना मिडिया सँगसँगै बाँच्न पाउनुपर्छ । हामी डाडापारी सन्देशको कुरा गरिरहेका छौँ । डाडाँपारी सन्देशले विज्ञापन पाउने हक सुनिश्चित हुनु पर्छ । काम गर्ने श्रमिकहरुले पैसा पाउनु पर्छ । त्यसैले हामीले एकप्रकारले नेपालको पत्रकारिताको क्षेत्रमा आमुल परिवर्तन नेपाली जनताको चाहना हो । ०६२÷६३ सालको आन्दोलनको मुख्य मक्सद हो । समाजवाद निर्माण गर्ने कुरा देशले देशले लिएको लक्ष्य हो । समाजवादी समाज न्यायमा आधारित हुन्छ । न्यायले ठूलाहरुको मात्र हित गर्दैन, सक्ने हरुको मात्र हित गर्दैन । बलियाहरुको मात्र हित गर्दैन । समाजवादी समाजको विशेषता हो तल्लो वर्गलाई पनि बाँच्न पाउने अधिकार दिइन्छ । बोल्न पाउने अधिकार दिइन्छ । लेख्न पाउने अधिकार दिइन्छ । श्रमको मूल्य पाउने अधिकार दिइन्छ । यसका विषयमा कोही समानुपातिक विज्ञापन लागु हुने भएपछि यसले एकलौटी अथवा आम्दानीको ठूलो हिस्सा आपूmमा केन्द्रिकृत गर्न सक्ने पक्षलाई मन पोलेको होला । विदेशी समाचार च्यानलहरुले अथवा टेलिभिजन च्यानलहरुले विज्ञापन रहित विज्ञापनहरु बजाउनु पर्दा नेपालको २÷४ अर्ब रुपियाँ जोगिने भयो होला । सबैको ध्यान त्यसैमा मोडिएको उहाँले बताउनुभयो । मन्त्री बास्कोटाले स्वरोजगारमूलक मिडियाहरुको हकमा करिब २ करोड रुपियाँ सम्मको वार्षिक ट्रान्जिक्सन हुनेहरुको हकमा आपसी समझदारीको आधारमा पारिश्रमिक निर्धारण गर्ने, ती आफ्नो खेतमा आपैmँ ज्याला गर्ने जस्तै श्रष्टाहरु हुन् र अरुको हकमा तहगत भएपनि पारिश्रमिकको व्यवस्था गर्नेमा आफू कटिबद्धता रहेको बताउनुभयो । मन्त्री बास्कोटाले भन्नुभयो – लेखेकै आधारमा कसैमाथि मुख थुन्दिने, कलम थुतिदिन,े यो काम हामी गर्न सक्दैनौँ र हाम्रो संविधानले त्यो अधिकार दिएको पनि छैन । हामी लोकतन्त्रका निम्ति लडेका हौँ । उहाँले बताउनुभयो । मन्त्री बास्कोटाले सरकारलाई बदनाम गराउनका निम्ति एउटा स्याल हुइयाँ मच्याउने चलन बढेको पनि बताउनुभयो । सरकारले भूमीहिनहरुको लागि आयोग बनाईरहेको अवस्थामा अब स्याल हुइँया मच्याउनेहरुले केही दिनमै भन्ने छन् यो सरकारले मान्छेको सम्पतिमाथिको अधिकार लुटिदै छ । हामी भनिरहेका छौँ भूमि नागरिकहरुलाई हाम्रो देशको कानुनले भनेको छ, कोहीपनि नागरिकलाई भूमिको पहुँच हुने छ । गाँस, बाँस कपास मौलिक हकको अधिकार हुनेछ भनेर संविधान बनाएका छौँ जब त्यसको प्रबन्ध गरिने छ । यहाँ हल्ला अर्को के भनेर मच्चाइने छ भने ल अब यस्तो हुने भो । म अहिल्यै भन्छु केही समयपछि अब उनीहरुले यो मसलालाई लिने छन् । मन्त्री बास्कोटाले भन्नुभयो हामी लोकतन्त्रका निम्ति लडेका हौं । जब श्रमिकहरुका कुरा हुन्छन् तब कम्यूनिष्ट सरकार, दुई तिहाईको बहुमतको सरकार तानासही भयो भनेर कराउँछन् । अहिले यस्तो कोकोहोलो मच्चाइएको छ । मन्त्री बास्कोटाले भन्नेभयो – मिडिया त मोदीको पक्षमा पनि थिएन नी, अघिल्लो पल्ट विछट्टै थियो, यो पल्ट थिएन । हामी अहिले काम गरिरहेका छौ तर सरकारलाई बदनाम गर्नका निम्ति एउटा स्याँल हुईया मचाइदिने गरिरहेछन् । स्यालहुईया मच्चाइदिएपछि के भयो भने जनताको ध्यान अन्यत्र मोडिन्छ । राम्रो कुराजति लुकाएर नराम्रो कुरा जति हाइलाइट गर्ने ? 

म बताउन चाहान्छु ठूला मिडिया र साना मिडियासँग सँगै बाच्न पाउनु पर्छ । भन्न चाहान्छु कि साना मिडियाले पनि विज्ञापन पाउनु पर्छ कि पर्दैन । काम गर्ने श्रमिकहरुले पैसा पाउनु पर्छ कि पर्दैन ? विदेशबाट लगातार विदेशी च्यानलहरु विज्ञापन आइरनु पर्ने हुन्छ कि हुँदैन । यस हिसाबले नेपाली मिडियाको क्षेत्रमा आमुल परिर्वतन जनताको चाहाना हो ।
किलन फिड नीति ल्याउँदा बहश गर्न नसक्नेहरुले ? न्यूनतम् पारिश्रमिक दिनु पर्छ भन्दा दिनु हुँदैन भनेर कराउनेहरुले र मेरो हुलिया खोज्नेहरुले जवाफ दिनुपर्छ कि पर्दैन । उहाँहरु सम्मानित हुनुहुन्छ उहाँहरुलाई म सोच्न चाहान्छु माहानुभाववहरु तपाईहरु कुन मानवअधिकारको कुरा गर्दै हुनुहुन्छ ? कुन श्रमिक अधिकारको कुरा गर्दै हुनुहुन्छ र कुन समाजवाद र कुन लोकतन्त्रको कुरा गर्दैहुनुहुन्छ  र कुन गणतन्त्रको कुरा गर्दै हुनुहुन्छ । यसमा छलफल हुनुपर्दछ । यहाँ सुकुम्बासी समस्या, भूमिहिन समस्याका लागि देशभरी नै आयोग बनाईरहँदा फेरि अर्को कोकोहोलो मचाइने छ । देशका प्रतिकृयावादी तत्व, सामन्ती अभिजात बर्गले फेरि श्रमिक बर्गका विरुद्घ धावा बोल्नेछ । विश्व साम्राज्यवादीहरु पनि त्यसमा देखा पर्न  सक्नेछन्, त्यस्ता तत्वहरु सल्वलाउन सक्नेछन् कि यहाँ  सम्पती माथिको अधिकार लुटिदैछ भनेर हल्ला गर्नेछन् ।  हामी भनरहेका छौ । हाम्रो देशका कुनैपनि नागरिकहरलाई भूमिको पहूँच पाउने  अधिकार हुनेछ , कानूनले पनि भनेको छ । गाँस बास र कपास पाउने हक र अधिकार हुनेछ भनेर हामीले संविधान बनाएका छौ । जब त्यसको प्रर्वदन गरिनेछ यहाँ हल्ला के मचाईछ भने सम्पती मािथको अधिकार खोसियो भनेर हल्ला चलाइनेछ । किनभने चिजलाई भड्काउनु छ । हुन दिनुछैन । किनभने जनता बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ हामीले बुझेको लोकतन्त्र त्यो हो । जनता समृद्घ भए भने देश संमृद्घ हुन्छ हामीले लिएको नीति यही हो । यसका लागि त लाख लाख चोटी कम्यूनिष्टको धम्म भनेपनि, करोड चोटी अझ कोटीकोटी  दोहोराएपनि यो दम्मचाँहि देखाई रहन्छौ । हुलिया खोज्नेहरुले खोजे हुन्छ । केपी वलीको हुलिया खोजेपनि हुन्छ गोकुल बास्कोटाको हुलिया खोजेपनि हुन्छ, पुष्पकमल दाहाल प्रचण्डको हुलिया खोजे पनि हुन्छ । जस्को हुलिया खोजेपनि हामीले जनतामा कमिटमेन्ट गरेर आएको कुरा पुरा गरेरै छोड्छौ ।  

हाम्रो कुरा के हो भने कामलाई डिस्टबेन्स् गरिदिनका लागि हल्ला मचाउनु भएन ।  अब मजदुरहरुको तलब बढ्यो, चिया मजदुरहरुको भर्खर समस्या समाधान भयो । व्यापारीहरुलाई अनुदान चाहिने तर मजदुरहरुलाई ज्याला बढ्न नहुने ? जब ज्यालाको प्रश्न आउँछ अनि कम्यिूनिष्ट सरकारको पालामा उद्योग धन्दामा के हो ? के हो ? भनेर हल्ला चलाइइन्छ । के ज्याला दिनु नपर्ने के शोषणयुक्त समाज नै समाजवाद हो । समाजवाद प्रति हाम्रो कमिटमेन्ट हो नी ? कि होइन ।  नेपाली काग्रेसको होकी होइन ? नेपालका पत्रकारहरुले थाहाँ पाउनु पर्छ कानून भन्दा माथि प्रेस हुँदैन । प्रेसको  आफ्नै कानूनहुन्छ त्यही कानूनमा रहेर पत्रकारिता हुन्छ । यहाँ पत्रकारिता पनि बर्ग बाइस छ । पत्रकारितामा राजनीति छ । पत्रकारितामा पुँजीवादीहरु पनि छन् समाजवादीहरु पनि छन् । अहिले कोकोहोलो मच्चाउनेहरु पुँजीवादीपन्थीहरुको संयुक्त प्रयाश हो । मन्त्री बास्कोटाले बताउनुभयो । 

यो मिडिया कान्शिल मात्र होइन चालु अधिवेशनमै आम संचार ऐन पनि आउँछ यसमा पनि बहश हनेछ । स्वनियमको अधिकार राख्छौ नै भन्या छौ । आफै घोषणा गर्नुहोस्, आफ्नो कानून आफै बनाउनुस् । आफ्नो कानूनको पालना आफै गर्नुहोस् । हामीलाई कुनै दण्ड सँजाय दिनुछैन । हामीत साम्यवादको विचार राख्छौ जहाँ सेना, पुलिस राज्यसत्ताकै कल्पना छैन । आउनुस् सैदान्तिक तरिकैबाट बहश गरौं न त , दुई तिहाईको कम्यिूनिष्ट सरकार भन्नुहुन्छ भने । अहिले हामीले साम्यवाद जसरी त भनेका छैनौ । आवधिक निर्वाचन प्रणालीबाट दल र नेता छान्न पाउने प्रणाली आधुनिक समाजको सबैभन्दा उत्तम लोकतान्त्रिक प्रणाली हो । साम्यवाद भित्रको पनि र पूजिवाद भित्रको पनि । नागकिरहरुले आवधिक निर्वाचन प्रणालीबाट छनोट गर्न पाउने अधिकार भएकै छ । अब यहाँ जब सरकारले आफ्ना एजेन्डा र चुनावी घोषणा पत्रहरु छन् ती पुरा गर्न तिर त लाग्छ । लागू भएन भने पनि कराउँछन् । मानौ वृद्घभत्ता बढेन भनेर पनि कराउँछन् । बृद्घ भत्ता बढाउछु भन्या थियो  बढाएन भनेर काग्रेंसले चिन्ता लिएको देख्छु, किन चिन्ता लिन,ु त्यो त सिंधै लाभ हुने कुरा हो । बरु धुप हालेर बस्नु नी नबढाहोस् नबढाहोस् भनेर बस्नु नी । जनता त रिसाउथे । चिन्ता नलिइदिनु पर्ने कुरामा पनि चिन्ता लिइदिएको छ । 

हामीले प्रेस स्वतन्त्रतालदाई खण्डित गर्ने काम गर्दैनौ । तर म दवाका साथ भन्छु के अमेरिकामा प्रेसका लागि कानूनी व्यवस्था छैन, अपराधिक गतिविधि रोक्नका लागि, राष्ट्रएता माथि धावा बोल्दा कार्वाही हुँदैन र ? बेलायत, फान्स सबैमा जरिवनाको व्यवस्था छ । भारतमा दुबै अदालत सकृय हुन्छ । 

हामीले दण्ड जरिवाना मार्फत समाजलाई यातना दिएर नियन्त्रणमा लिन्छु भनेका हैनौ । स्पष्ट भए हुन्छ पोलपोटको शासन छैन, लोकतान्त्रिक कमियुनिष्टहरुको शासन छ यो देशमा । यो हामीलाई सित्तै प्राप्त भएको पनि हैन र हामी यसका फगत उपभोक्ता होइनौ । हामी लोकतन्त्र स्थापना गर्दाका संस्थापक हौं हामी । हामीले प्रेस स्वतन्त्रतालदाई खण्डित गर्ने काम गर्दैनौ । आजको सरकार लोकतान्त्रिक गणतन्त्रको संस्थापक हो । त्यसैले शंका गर्न आवश्यक छैन । मन्त्री बास्कोटाले बताउनुभयो । यो निरर्थक हल्ला के का लागि ? अब वाटो बनायो भने बाटो बन्यो भन्दैन धुलो उड्यो भन्या छ । विकासका निर्माताहरुले देखाइदिउन पिच हुनुभन्दा धुलै नउडे के  उड्छ ?  काम भएन भन्या हुन्छ । भएका काम लेखेकै हुँदैन । चार सय बटा झुलुङगेपुल बनेका छन् । कसैले लेख्यो ? गने हुन्छ, होकी होइन भनेर । के त्यहाँ विकास भएन होला । कि चारसयबटै पुलहरु एकै ठाउँमा राखेर लाइन लगाइदिए विकास हुन्छ ?  यहाँ त सपना देखे, सपना देख्ने भन्छ । किन नेगेटिभ तिर ? काम हुँदैछ । अब शुनकोशीमा मोटर बोट चल्दैछ । अब त्यहाँ मोटरबोट चल्यो भने पानी जहाज चलाउनी भनेर मोटर बोट चलायो भनेर कराउँछन् । जहाँ जे शंभव छ त्यहाँ त्यही चलाउने हो नि । समुन्दै त छैननी , सय जना बोक्छ कि दुई सय जना बोक्छ क्षमता जति छ त्यति चल्छ नी । नदी प्रणालीबाट जोडिएको यातायात प्रणाली जोड्ने भन्या हो नी  । एक सय ४० किलोमिटर रेल्वेको वाटो बनिसक्यो त्यो कसैले ल्याउँदैन रेल आएन भन्छ । आजभोली खुसी भाछन् आजको भोली आउँदैन भनेर चिनिया राजदुतले भन्नु भो भनेर । देख्यौं, खुचिङ हामीले आउँदैन भन्या होइन भनेर भन्छन्, आजको भोली आउँदैन भन्या हो । तपाईको घर पनि आजको भोली बन्दैन । तपाईको छोरा पनि आजको भोली डाक्टर बन्दैन । स्पष्ट छ जानु पर्यो स्केल र कोर्ष पुरा गर्नु पर्यो । बिलकुल उडाउने ढँगले मत्र लागेका छन् । जति उडाउनुहोस्, स्याल हुँईया मचाएर केही हुँदैन । कुकुर भुकिरहन्छ, हात्ती लम्कि रहन्छ । 

हामीले दण्ड जरिवाना मार्फत समाजलाई यातना दिएर नियन्त्रणमा लिन्छु भनेका हैनौ । स्पष्ट भए हुन्छ पोलपोटको शासन छैन, लोकतान्त्रिक कमियुनिष्टहरुको शासन छ यो देशमा । यो हामीलाई सित्तै प्राप्त भएको पनि हैन र हामी यसका फगत उपभोक्ता होइनौ । हामी लोकतन्त्र स्थापना गर्दाका संस्थापक हौं हामी । हामीले प्रेस स्वतन्त्रतालदाई खण्डित गर्ने काम  गर्दैनौ । हामी स्पष्ट छौ, आरिस, कुण्ठा र यो रोइलो फेरि पनि चुनाव नजितिनी भइयो भनेर हो । भोली नै सरकार ढाल्दिनी जस्तो गर्या हुन्छ । अब कुराले सरकार ढल्दैन किनकि संसदमा बहुमत छैन ।  बहुमत नभई सरकार ढल्दैन । त्यसैले चाहाना राखेर हुँदैन । पाँच बर्षसम्म यो सरकार चल्छ । पाँचबर्षपछि पनि अहिले छिमेक तिरको जस्तै हुन्छ । जनताले दिएको म्यानडेट अनुशार हामी चल्ने हो रिस गरेर भएन ।   हामी कोही संगपनि प्रतिसोधको भावनामा छैनौ । स्वच्छ बहश गरौं, व्यवसाहिक धर्म निर्भाह गरौं । र अन्ततमा आलोचनाहरु जतिनै होउन मेरो हुलिया श्रमजिवि बर्गको रक्षा गर्ने हुलिया हो यही बुझ्नुस् । मन्त्री बास्कोटाले बताउनुभयो । डाँडापारि सन्देश साप्ताहिकका सम्पादक बुद्ध लोप्चनको सभापत्विमा सम्पन्न सो कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका नेताहरु, संसदहरु, सञ्चारकर्मीहरुको उल्लेखिय उपस्थिति रहेको थियो । साभार काभ्रे पोस्ट

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई