चिनियाँ प्रधानमन्त्री ली सोमबार ब्रसेल्स जाँदै


चैत २५: चीनका प्रधानमन्त्री ली खछ्याङ ब्रसेल्समा आयोजना हुने २१औं चीन–युरोपेली संघका नेताहरूको भेट–वार्तामा सहभागी हुन सोमबार बेल्जियम प्रस्थान गर्नुहुने भएको छ ।

युरोपेली संघका लागि चिनियाँ कूटनैतिक मण्डलका प्रमुख चाङ मिङले चिनियाँ सञ्चारमाध्यमहरूसँगको आइतबार भएको कुराकानीमा चीन र युरोपबीचको सम्बन्धमा अहिलेसम्म चार वटा विशेष विषयहरू देखिने बताउँदै यस पटकको भेट–वार्तामार्फत यी दुई पक्षीय रणनैतिक साझेदारी सम्बन्धलाई अरू बढी बलियो बनाइने र विभिन्न क्षेत्रको सहकार्यलाई नयाँ प्रगतितर्फ प्रवद्र्धन गर्नसकिने कुरा व्यक्त गर्नुभएको छ । चीन–युरोपेली संघको नेतास्तरीय भेट–वार्ता दुई पक्षीय राजनीतिक तथा कूटनीतिक अनुभवको आदान–प्रदान गर्ने उच्चस्तरीय अवसर हुने चीनले बताएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङको गत वर्षको अन्त्यतिरको भ्रमण र यस वर्षको पहिलो भ्रमणका लागि यूरोपको छनोट निश्चित भएको हो । गएको १५ वर्षदखि युरोपेली संघ (इयू) चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा आयात गर्ने गन्तव्य पनि हो । गएको १४ वर्षदेखि इयूका लागि ठूलो व्यापारिक मुलुकमा चीन दोस्रो स्थानमा पर्दछ भने आयात गर्ने सबैभन्दा बढी मुलुकहरूमध्ये चीन पनि भएको देखिन्छ ।

सन् २०१८ मा चीन र युरोपबीचको व्यापारिक मात्रा ६ खर्ब ८२ अर्ब अमेरिकी डलर पुगेको थियो जुन रकम इतिहासमै सबैभन्दा बढी थियो । चीनले प्रस्तुत गरेको वैदेशिक लगानी कानूनले चीन र युरोपबीचको सहकार्यलाई अरू बढी राम्रो मौकाहरू सिर्जना गर्नसकिने कुरा पनि प्रमुख चाङ मिङले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

३८ लाख यूक्रेनी विदेशी शरणमा : राष्ट्रसंघ

जेनेभा – एक महिनाअघि रूसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसंघको आइतबार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई