सामाजिक सुरक्षा कार्यान्वयन गर्न जर्मनले प्राविधिक सहायता गर्ने


काठमाडौँ, १४ जेठ (रासस) : नेपाल सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि जर्मन सरकारले प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमाबार नेपालका लािग जर्मनीका राजदूत रोल्याण्ड साफेरले गर्नुभएको शिष्टाचार भेटमा राजदूतले आगामी दिनमा सामाजिक सुरक्षा योजनालाई समन्वयात्मकरूपमा कार्यान्वयन गर्न आवश्यक प्राविधिक एवं अन्य सहयोग प्रदान गर्ने विश्वास दिलाउनुभयो ।

भेटमा उहाँले श्रम, रोजगार र सामाजिक सुरक्षाका क्षेत्रमा नेपाल सरकारले अघि बढाएको दीर्घकालीन महत्वका सुधारबाट आफू निकै नै प्रभावित भएको बताउनुभयो ।

सो अवसरमा मन्त्री विष्टले श्रम तथा आप्रवासका क्षेत्रमा नेपाल सरकारले अघि बढाएका महत्वपूर्ण सुधारका बारेमा राजदूतलाई जानकारी गराउनुभएको थियो ।

उहाँले श्रम सम्बन्ध, सामाजिक सुरक्षा, देशभित्रै व्यापकरूपमा रोजगारीका अवसर सिर्जना गर्न नेपाल सरकारले चालेका कदमका बारेमा जानकारी गराउनुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सो अवसरमा उहाँहरुबीच नेपाल र जर्मनीबीचको मित्रता, समझदारी र सहयोगका विविध पक्षमा छलफल भएको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई