हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई वरिष्ठ नेता पौडेलको आग्रह


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘विप्लव समूह’लाई सरकारले वार्तामा ल्याउनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस बझाङले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले वार्ताकै माध्यमबाट समस्या समाधान गर्न सरकालाई सुझाव दिनुभयो ।

देश परिवर्तनका लागि गरेका सबै प्रयास सफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नुपर्ने बेला देशमा अशान्ति भएकाले सरकार यसमा गम्भीर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । नेता पौडेलले सरकारले विप्लव समूहलाई प्रतिबन्ध गर्ने कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोप लगाउनुभयो ।

उहाँले हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गर्नुभयो । सरकारले विप्लव समूहलाई वार्तामा ल्याउन खाजे आफूहरु मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको उहाँको भनाइ थियो ।

काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानको अवसर पारेर आयोजना गरिएको सभामा नेता पौडेलले भन्नुभयो, “मैले चाहेर मात्र पार्टी सोचे जस्तो हुँदैन, सहीलाई सही र गलतलाई गलत भन्ने संस्कृतिको विकास हुनुपर्छ ।” कार्यक्रममा काङ्ग्रेस नेताहरु अर्जुनजङ बहादुर सिंह, नरेशबहादुर सिंह, तारणीदत्त चटौत, प्रकाश रसाइली, पृथ्वीबहादुर सिंह, चन्द्रादेवी जोशी, रामकृष्ण यादव, हर्कजङ् सिंहलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई