अहिले मूल मन्त्र विकास र समृद्धि होः अध्यक्ष दाहाल


पाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको मूल मन्त्र विकास र समृद्धि भएको बताउनुभएको छ । मोरङ व्यापार सङ्घको ६४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सरकारले निजी क्षेत्रको पूँजी र व्यवसायलाई पूर्ण रुपमा सुरक्षा दिनुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले सरकारले अब ऐन बनाउँदा निजी क्षेत्रलाई आकर्षित गर्ने ढङ्गले बनाउनुपर्ने बताउनुभयो । निजी र सरकारी क्षेत्रको सहकार्यलाई माथि उठाउने बेला आएको उहाँको भनाइ थियो । उहाँले उत्पादन वृद्धि र रोजगार सृजना गर्ने निजी क्षेत्रको समस्यालाई सरकारले समाधान गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले खरिद ऐन संशोधन भई लगानी मैत्री हुने किसिमको आउने बताउनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, व्यासायीकीकरण र पर्यटन क्षेत्रको विकास गरी देशलाई तिव्र गतिमा विकास गर्न सकिने बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगी व्यापारीले मुलुकमा आयात गर्ने विलासिताको वस्तुमा नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेका उद्योग र उद्योगी धेरै मुनाफाखोरी बन्न नहुने तर्क गर्नुभयो । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्योग र उद्योगीको समस्यालाई एकीकृत ढङ्गले समाधान गर्नुपर्ने बताउनुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडा, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधान, सङ्घका पूर्व अध्यक्ष ताराचन्द खेतान, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगी र व्यापारीको समस्या समाधान गर्न सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई