हवाई आक्रमणमा पाँच छात्राको मृत्यु, ३४ घाइते



यमन , चैत २५: यमनमा सोमबार भएको हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु भएको छ । उक्त घटनाबारे आएका प्रारम्भिक समाचारहरूमा यहाँका सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको र अन्य ३४ जना घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

राजधानी सानामा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाइ आक्रमण मेटल वर्कसपमा भएको भएपनि नजिकै रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीको आक्रमणबाट मृत्यु भएको हो । घाइतेमध्ये केही विद्यालयका बालबालिका पनि रहेका स्वास्थ्य अधिकारी तथा प्रत्यक्षदर्शी स्थानीय वासिन्दाले जनाए । राजधानी सानाको पूर्वी भाग सावान क्षेत्र नजिकै दुई शक्तिशाली विष्फोटक पदार्थ पड्केको आवाज सुनेको लगत्तै धुवाको ठूलो मुस्लो जमिनबाट निकै उचाइसम्म आकासमा निस्केको स्थानीय अलि अहसानले सिन्ह्वा न्यूज एजेन्सीलाई दिएको जानकारीमा बताउनुभयो ।

विद्रोही नियन्त्रीत स्वास्थ्य मन्त्रालयका प्रवक्ता यूसिफ अल–हाद्रीले घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको पुष्टि गर्नुभयो।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई