व्यावसायिक स्याउ खेतीका लागि परीक्षण


गोरखा, २५ चैत: उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिकरूपमा स्याउ खेतीको विकासका लागि परीक्षण शुरु भएको छ । गाउँपालिकाले पालिकाभित्रका सातवटै वडामा सामूहिकरूपमा व्यावसायिक स्याउ खेती विकास गर्न पहिलो चरणमा एक हजार ४०० उन्नत जातका स्याउको बेर्ना वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुुरुङले जानकारी दिनुभयो । गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको सहयोगमा गाउँपालिकाभित्रका भूकम्पपीडितको जीविकोपाजर्नमा टेवा पु¥याउने उद्देश्यले स्याउ खेतीको विकासलाई अघि बढाउन लागिएको उहाँले बताउनुभयो । “अहिले सबै वडामा दुई–दुई सय दरले स्याउको बेर्ना वितरण गरेका छाँै”, अध्यक्ष गुरुङले भन्नुभयो, वितरण गरिएका बेर्ना रोप्ने काम शुरु भएको छ ।’ गाउँपालिकाले सवै वडामा सामूहिकरूपमा खेती गर्ने गरी स्याउको बेर्ना वितरण गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । “दर्ता भएका सबै समूहलाई गाउँपालिकाले सूचीकृत गर्नेछ”, उहाँले भन्नुभयो, “पाएसम्म सार्वजनिक जग्गामा सामूहिक खेती शुरु गर्नेे र सार्वजनिक जग्गा नभएमा भाडामा समूहले जग्गा लिएर भए पनि सामूहिकरुपमै खेती गर्नुपर्ने गरी गाउँपालिकाले कार्यविधि बनाएको छ ।” प्रत्येक घरमा एउटा–एउटा स्याउका बेर्ना लगाउँदा त्यसको व्यावसायिक प्रवद्र्धन गर्न समस्या हुने भएकाले गाउँपालिकाले सामूहिक खेतीमा जोड दिएको उहाँको भनाइ छ । “वितरण गरिएको स्याउको एउटा बेर्नाको नर्सरीमै रु एक हजार ५०० परेको छ, उहाँले भन्नुभयो, यहाँ गाउँसम्म ल्याइपु¥याउँदा रु दुई हजार ५०० सम्म पुग्नसक्छ ।” वितरण गरिएको स्याउ रोप्नका लागि एक महीनादेखि नै खाल्डो खन्ने, मल राख्ने काम भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । एग्रो मनाङ नर्सरीमार्फत डाला, फुजी र गोल्डन जातका इटालीबाट झिकाएर वितरण गरिएको उक्त उन्नतजातको स्याउ एक वर्षभित्रमा फल दिनसक्ने खालको रहेको उहाँले बताउनुभयो । करीब दुई हजार मिटर उचाइको भूभागमा राम्रो हुनसक्ने भएकाले वितरण उन्नतजातको स्याउ धार्चेका सबै वडामा राम्रो उत्पादनको सम्भावना रहेको जानकारी दिनुभयो । वितरण गरिएको स्याउको बेर्नाले उत्पादन दिने भएकाले भूकम्पपीडितले छिटो आम्दानी गर्नसक्ने उहाँको भनाइ छ । एक वर्षभित्रमा हुने उत्पादनलाई आधार मानेर धार्चे गाउँपालिकालाई स्याउको पकेट क्षेत्रको रूपमा विकास गरेर लैजाने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई