महिनावारी हुँदा महिलामाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य घरबाटै शुरु गर्नुपर्छ : मन्त्री मगर


खानेपानी मन्त्रालयले छैटौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा महिनावारीको समयमा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुआत मन्त्रालयको भवनबाटै शुरु गरेको छ । खानेपानीमन्त्री बिना मगरले महिलालाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको शुरुआत गर्नुभएको हो । दुई रुपैयाँको सिक्का राखेपछि उक्त मेसिनबाट प्याड आफैँ निस्कने गर्दछ । मन्त्रालयमा कार्यरत महिला कर्मचारी र काम विशेषले आउने जो कोही महिलाले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन् । मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ । मेसिनको शुरुआत गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयमा राख्दै लगिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो त हामीले शुरुआत मात्र गरेका हौँ । महिनावारी हुने समयमा महिलालाई समस्या पर्ने गर्दछ । अझ सार्वजनिक महिला शौचालयमा यस्तो मेसिन राख्न पाइयो भने महिलालाई धेरै सहज हुने गर्छ । हामी विस्तारै अन्य ठाउँमा राख्दै जानेछौँ ।” मन्त्रालयले महिला तथा बालबालिका मन्त्रालयको भवनमा समेत स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो चरणमा सातै प्रदेशको नौ स्थानमा महिला तथा अपाङ्गमैत्री ‘स्मार्ट’ शौचालय बनाउने तयारीसमेत गरेको छ । यी स्मार्ट शौचालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिनसमेत जडान गरिने विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले जानकारी दिनुभयो । ‘महिलालाई गरिने विभेद घरबाटै अन्त्य गरिनुपर्छ’ मन्त्री मगरले महिनावारी हुँदा महिलामाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य घरबाटै शुरु गर्नुपर्ने बताउनुभएको छ । छैटौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा राष्ट्रिय महिनावारी सञ्जाल र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले राजधानीमा गरेको कार्यक्रममा उहाँले महिलामाथि हुने उत्पीडन र विभेदको अन्त्य गर्न सबै मिलेर अभियान नै चलाउनुपर्ने बताउनुभयो । महिनावारी प्राकृतिक नियमित प्रक्रिया भएको बताउँदै उहाँले महिलामाथि गरिएको व्यवहार अपमानजनक रहेको र यसले महिलालाई चोट पु¥याउने गरेको बताउनुभयो । मन्त्री मगरले भन्नुभयो, “महिनावारी त मानव सृष्टिका लागि हुने नियमित प्रक्रिया हो तर हामीले यसलाई धर्म, संस्कृति र परम्परासँग जोडेका छौँ । महिनावारीप्रति रहेको हाम्रो गलत धारणा तुरुन्त परिवर्तन गर्नुपर्छ । यस्तो विभेद घर, गाउँ र समाजबाटै अन्त्य गर्ने अभियान चलाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई