नेकपाका नेताहरु बासबसेको स्थानमा प्रचण्ड–नेपाल पक्षको आक्रमण


चौरी देउरालीमा संगठन विस्तार गर्न पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु बासबसेको घर र नेकपा नेताहरु गएको गाडी तोडफाड भएको छ ।

सोमवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडा समिति गठन गर्ने कार्यक्रमको लागि चौरीदेउराली ५ मा पुगेका नेकपाका नेताहरु स्ठानियको घरमा बास बसेको अवस्थामा २०–२५ वटा मोटरसाईकलमा आएका माधव प्रचण्ड पक्षका कार्यकर्ताले घरमा ढुंगा हानेको तथा नेताहरु गएको गाडी तोडफाड गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले आफ्ना नेताहरु वसेको घर र त्यहाँ लगिएको गाडी तोडफोड गरेको जानकारी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै जानकारी गराएका छन

बाँस्कोटाले स्टाटस

हाम्राे सङगठन विस्तारमा चाैरिदेउराली पुगेकाे नेताहरुकाे गाडि भर्खरै मार्चण्ड समुहले ताेडफाेड गरेकाे छ र केहि बाईकहरुले छापामारशैलिमा बास बसेकाे घरमा आक्रमण गर्ने जङगलि हर्कत गरिरहेकाेछ।जनमत कटेपछि गरिने यस्ताे हर्कत सफल हुने छैन।आक्रमणमा सामेलहरु कानूनी दायराबाट भाग्न सक्ने छैनन।आततायीप्रति जति खेद ब्यक्त गरे पनि अपुग हुन्छ।नाङलाे नठटाउन भन्छु,हामी समना गर्छाै भाग्दैनाै।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष काभ्रे अध्यक्ष अशोक ब्यान्जुको स्टाटस

खेद छ। कायरहरु…..घोषणा गरेर लड लुकेर कायरता न देखाउ ।
मानिसको बुद्धि र बिबेक अन्त भए पछि मुख छाड्छ्न र शक्तिहिन भए पछि हातपात गर्छ्न । कायरहरु घोषणा गरेर भिद्ने तागत छैन । लुकेर आक्रमण गरेर कायरकर्म नगर । हाम्रो कार्यकर्ता माथिको हमला र भौतिकबस्तुको नास गरेकोमा खेद प्रकट गर्दछु । र चुनौती छ अर्को कुनै घटना हाम्रो प्रिय न बनोस र आन्तक र गुन्दा गर्दी कायर कदमको बलमा अझै आतताइ प्रवृत्तिको भत्सना गर्दैछु । मेरा प्रिय् कमरेड हरुलाइ धैर्य बनाइ राख्न र शक्ति निर्माण गर्न अपिल गर्दछु स्थानीय प्रशसन लाई आतंकबादी लाई कानुनी कर्वाही गर्न अनुरोध गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस