महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको हल्ला फैलिएपछी प्रमका प्रेस सल्लाहकार सूर्य थापाको यस्तो आयो ट्विट


 

काठमाडौँ : महान्यायाधिवक्ता अग्‍नि खरेलले राजीनामा दिएको समाचार आएपछी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै प्रतिनिधि सभाकाे विघटन बारेमा परेका रिटहरूमा सर्वाेच्च अदालतले गर्ने फैसला अघि विद्यमान सहज माहाेल गिजाेल्न षडयन्त्रका साथ सक्रिय तत्वकाे हल्लाकाे प्रभावमा नपर्न अनुराेध गर्नुभएको छ ।

खरेलले महान्यायाधिवक्ता पदबाट आइतबार राजीनामा दिएका भन्‍दै हल्ला फैलिएपछी सल्लाहकार थापाले ट्विट गर्नुभएको हो ।

थापाको ट्विट

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गर्नुभएको भनी आज बिहानैदेखि फिंजाइएकाे गलत हल्ला खेदजनक छ ।
प्रतिनिधि सभाकाे विघटन बारेमा परेका रिटहरूमा सर्वाेच्च अदालतले गर्ने फैसला अघि विद्यमान सहज माहाेल गिजाेल्न षडयन्त्रका साथ सक्रिय तत्वकाे हल्लाकाे प्रभावमा नपर्न अनुराेध गर्दछु ।

प्रतिक्रिया दिनुहोस