सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने फैसला गरेपछी उपप्रधानमन्त्री ईश्वर पोखरेलको मध्यरातमा यस्तो आयो ट्विट


काठमाडौँ, ११ फागुन : सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने फैसला गरेपछी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हिजो मध्यराति सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएकोछ भन्नुभएको छ ।

हेर्नुस उपप्रधानमन्त्री पोखरेलको ट्विट

सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएकोछ ।सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ ।निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस