प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक्सन रुमको शुभारम्भ


काठमाडौँ, १५ जेठ (रासस) : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) को शुभारम्भ भएको छ । कक्षको प्रधानमन्त्री केपी शर्मा ओलीले आज सात प्रदेशका मुख्यमन्त्री एवं मन्त्रीसँग भिडियो संवाद गरी शुरुआत गर्नुभयो । मुख्यमन्त्री एवं मन्त्रीले सम्बन्धित प्रदेशको आफ्नै कक्षबाट भिडियो संवाद गर्नुभएको कार्यालयका उपसचिव विष्णुप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आजको कुराकानीमा गणतन्त्र दिवसको शुभकामना दिनुका साथै आजै सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेटका बारेमा कुराकानी गर्नुभएको थियो । कक्षका माध्यमबाट राष्ट्रिय गौरवका विकास आयोजनाको आवश्यकताअनुसार वास्तविक समय अनलाइन अनुगमन प्रणाली शुरु गरिने जनाइएको छ । पहिलो चरणमा मेलम्ची, माथिल्लो तामाकोशी, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, सिक्टा, भेरी बबईलगायत सिँचाइ आयोजनाको अनुगमन गरिनेछ । कक्षमा पूर्ण हाइडेफिनेसन गुणस्तरसहितको ७० इञ्चको ‘डिस्प्ले’, ‘स्पीकर ट्रयाकिङ’, ‘अटोफोकस’सहितको उपकरण जडान गरिएको छ । प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनसम्बन्धी विभिन्न विषयमा प्रत्यक्ष संवाद गर्ने, विकास निर्माण आयोजनाको प्रगति तथा विपद् व्यवस्थापनसम्बन्धी काममा तत्काल राहत र उद्धार गर्न सकिने प्रणाली स्थापना गरिएको उपसचिव घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई