नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने


 

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट लाभांश प्रस्ताव गरेको छ।

 

फागुन १९ गते बुधबार बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनु भयो ।

प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृत दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा लगिनेछ । सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस