नेकपा नेता शान्ता चौधरीको मार्मिक स्टाटस


काठमाडौँ, १९ फागुन : नेकपा केन्द्रीय कमिटी सदस्य एवं सांसद शान्ता चौधरीले आज सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै तिम्रा जालझेल र षड्यन्त्रका विरुद्ध बिद्रोह गर्दै लामबद्ध राता झण्डा बोक्ने मान्छेहरु उठ्नेछन याद राख भन्नुभएको छ ।

आज बुधबार बसेको प्रचण्ड–माधव पक्षीय भेलाले विशाल भट्टराई, सचेतक शान्ता चौधरी, केन्द्रीय सदस्यहरु सूर्य थापा, प्रभु साह र कर्ण थापालाई दलको विधान विपरित काम गरेको भन्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेपछी सांसद चौधरीको स्टाटस आएको हो ।

चौधरीको स्टाटस

तिमीले ढलाउन खोज्दैमा मेरो स्वाभिमानको धरोहर ढल्दैन ,तिमीले जलाउन खोज्दैमा मेरो आस्थाको सुन्दर फुल जल्दैन। आन्दोलनमा लागे बापत बास बसेको झुपडी जलाउने सामन्तले मेरो आवाजलाई प्रतिबन्ध लगाउन सकेनन , दनदनी बलेको गरिबीको आगोबाट निस्किएको मान्छे म । रातो झण्डा बर्गिय मुक्तिका लागि बोकेको हो । तिमी जति फरक बिचारलाई प्रतिबन्ध लगाउन खोज्छौ , आवाजहरुलाई छेक्न खोज्छौ , बहसबाट तर्सन्छौ त्यति नै तिम्रा जालझेल र षड्यन्त्रका विरुद्ध बिद्रोह गर्दै लामबद्ध राता झण्डा बोक्ने मान्छेहरु उठ्नेछन याद राख ।

प्रतिक्रिया दिनुहोस