अब कर चुक्ताको लागि कर कार्यालय धाउनु नपर्ने
आगामी आर्थिक बर्ष देखि कर चुक्ता प्रमाणपत्रको लागि कर कार्यलय धाउनु पर्ने बाध्यत्मक व्यवस्थाको अन्त्य भएको छ।
अर्थमन्त्री डा.युवराज खतिवडाले आ.ब. २०७६/७७ को बजेट प्रस्तुत गर्दैै आगामी आर्थिक बर्ष देखि कर चुक्ता प्रमाणपत्र लिनका लागि कर कार्यलय जानु पर्ने बाध्यात्मक व्यवस्थाको अन्त्य गरिने बताउनु भएको छ। नयाँ ब्यवस्था अनुसार कर बक्यौता नभएका करदाताहरुले आँउदो आर्थिक बर्ष देखि आन्तरिक राजश्व विभागको वेवसाइटबाट स्वत: करचुक्ता प्रमाण पत्र प्राप्त गर्नेछन।