‘राजनीतिमा युवाको प्रभाव बढ्दो क्रममा’- नेता भट्टराई


इलाम, २४ चैत: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता योगेश भट्टराईले वर्तमान परिप्रेक्ष्यमा राजनीतिमा युवाको प्रभाव पर्ने क्रम बढ्दो क्रममा रहेको बताउनुभएको छ । उहाँले लोकतान्त्रिक विधिबाट राजनीतिमा युवाको नेतृत्व हुन सकस भएपनि पछिल्लो समय त्यो प्रभाव बढेको उल्लेख गर्नुभयो ।

देउमाई नगरपालिकास्थित ‘देउमाई साहित्य तथा पर्यटन महोत्सव’मा राजनीतिमा युवा पुस्ताबारे बहस गर्दै नेता भट्टराईले आफू उमेरका हिसाबले नभइ पुस्ताका हिसाबले युवा रहेको बताउनुभयो । उहाँले पार्टीमा अहिले २००७ सालको पुस्ताको सहभागिता तथा नेतृत्व नगन्य रूपमा रहेको तर २०४६ सालको आन्दोलनबाट जन्मिएका नेताको सहभागिता बढी रहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा अझै पनि युवा पुस्ताको नेतृत्व आउन नसकेकामा दुःख व्यक्त गर्नुभयो । “पार्टीमा अझै पनि हामीलाई केटाकेटी भनिन्छ”, उहाँले थप्नुभयो, “युवाले पनि नेतृत्व गर्न सक्छन् भन्ने धारणा विकाश हुनुपर्छ ।” पौडेलले युवा नेतृत्वमा आउनका लागि प्रतिष्पर्धामा आउन सक्नुपर्ने बताउनुभयो । सो कार्यक्रमको बहस पत्रकार वसन्त बस्नेतले गराउनुभएको थियो । महोत्सवअन्तर्र्गत आजै महिला बहस कार्यक्रममा साहित्यकार सीमा आवास र कुन्ता शर्मासँग समेत बहस गरिएको थियो । बहसमा दुवैले महिला विभिन्न हिसाबले अहिले पनि पुरुषको तुलनामा पछाडि नै रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई